पाँच दलले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न चेतावनी दियो (विज्ञप्तिसहित)

काठमाडौं, जेठ १६  : विपक्षी गठबन्धनका पाँच दलको बैठकले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारबाही नगर्न चेतावनी दिएको छ।

आज (आइतबार) कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा  बसेको पाँच दलको बैठकले सरकारले चालेका कदमहरूलाई असंवैधानिक भन्दै संविधान र लोकतन्त्रका पक्षमा आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सबै राजनीतिक दलका नेता तथा कार्यकर्तालाई आह्वान पनि गरेका छन्।

बैठकपछि सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्ष्रमा जारी संयुक्त विज्ञप्तिमा वैकल्पिक सरकार दाबी गरिएको अवस्थामा अहिलेको सरकारले दीर्घकालीन कामकारबाही गर्न नमिल्ने उल्लेख छ।

विपक्षी दलहरूले राज्यका सबै अंग र निकायलाई सरकारबाट हुने संविधानविपरीत र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन आग्रह पनि गरेका छन्। 
उनीहरूले सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण  हुने र आफूहरूलाई न्याय प्राप्त हुने पनि विश्वास पनि विज्ञप्तिमा व्यक्त गरिएको छ।

यस्तो छ संयुक्त विज्ञप्ति :