सरकारमा जसपाको महन्थ समूह सहभागी, महतोसहित १० जना मन्त्री
काठमाडौं, जेठ २१ : जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूह सरकारमा सहभागी भएको छ । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा उक्त समूह सरकारमा सहभागी भएको हो ।
वरिष्ठ नेता महतोलाई उपप्रधान तथा सहरी विकास मन्त्री बनाइएको छ । यस्तै, शरतसिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिलकुमार झालाई खानेपानी र लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था मन्त्री बनाइएको ।
उपेन्द्र यादव समूह छाडेर आएका विमल श्रीवास्तवलाई श्रम तथा रोजगार र सामाजिक सुरक्षा मन्त्री बनाइएको छ भने उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्री दिइएको छ ।
यस्तै, एकवाल मियालाई युवा तथा खेलकुद र चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाइएको छ ।
यसैगरी, दुईजनालाई राज्यमन्त्रीको जिम्मेजारी दिइएको छ । तीमध्ये रेणुका गुरुङलाई महिला बालबालिका र चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्य मन्त्री बनाइएको छ ।