बौद्धस्थित नयाँबस्तीमा बोरामा पोको पारेर फालेको अवस्थामा शवको केही भाग भेटियो

काठमाडौं, जेठ २५ : काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा शवको केही भाग फेला परेको छ । बोरामा राखेर जलाएको अवस्थामा शवको केही भाग फेला परेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार पोको पारेर फालेको अवस्थामा शवको केही भाग फेला परेको छ । 

शव महिला वा पुरूष कसको भन्ने केही खुलेको छैन। शवको पूर्ण भाग घटनास्थलमा नभेटिएको प्रहरीले जनाएको छ। काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहका अनुसार कुनै ठाउँमा जलाएर शवको केही भाग यहाँ फालेको हुन सक्ने आशंका गरिएको छ ।

घटना’bout अनुसन्धान भइरहेको छ ।