मन्त्रिपरिषद विस्तारविरुद्धको रिट ईश्वर खतिवडाको इजलासमा

काठमाडौं, जेठ २५ : मन्त्रिपरिषद विस्तारविरुद्ध परेका ६ वटा रिट पेशीमा चढेको छ। रिट निवेदनकाे पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा ताेकिएकाे छ ।

मन्त्रिपरिषद विस्तारविरुद्ध वरिष्ठ अधिवक्त दिनेश त्रिपाठी, अधिवक्ताहरु राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कंचनकृष्ण न्यौपाने र वीरेन्द्र प्रसाद शाहले राष्ट्रपतिको कार्यालय शीतल निवाससमेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीले शुक्रवार जसपाबाट १० जना र एमालेबाट ६ जना गरी १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेपछि रिटमा कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न पाउने अधिकार नभएकाले बदर गर्न माग गरिएको छ।