एमाले महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले मान्यता दिएन, ओलीलाई २ जेठमा फर्किनैपर्ने बाध्यता

काठमाडौं, जेठ २७ : सर्वोच्च अदालतले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिन अस्वीकार गरेको छ ।

कर्णाली प्रदेशका चार एमाले सांसदलाई काममा फर्काउन अन्तरिम आदेश दिँदै सर्वोच्चले नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी मात्र मान्य हुने स्पष्ट गरेको हो ।

२८ फागुनमा एमाले अध्यक्ष केपी ओलीले नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गर्दै दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा परिणत गराएका थिए । अब उनले २ जेठ ०७५ कै पार्टी संरचनामा फर्किनुपर्ने भएको छ ।