सत्यमोहन जोशी बिरामी, किष्टमा उपचार हुँदै, कोरोना रिपोर्ट नेगेटिभ

१०२ वर्षका संस्कृतिविद् सत्यमोहन जोशी बिरामी भएका छन्। उनको छातीमा समस्या देखिएपछि ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ। उनलाई बुधबार अस्पताल लगिएको हो।

जोशीलाई निमोनिया देखिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ।

‘हरेक महिना घरमै गएर उहाँको स्वास्थ्य परीक्षण गर्ने गरेका थियौं। यसपटक छातीमा समस्या देखिएकाले अस्पताल ल्याएका हौं,’ पाठकले भने, ‘अस्पतालमा भर्ना गरेर उहाँलाई क्याबिन डिलक्समा राखेर उपचार गरिएको छ।’