पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु, दुई बेपत्ता

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको ज्यान गएको छ भने दुई जना बेपत्ता छन्।  

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको छ । १० देखि १३ वर्ष सम्मको ५ जना बालिकाको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीले पोखरीबाट ५ जनाको शव निकालेको छ भने बेपत्ता दुई जनाको खोजी गरिरहेको छ।

पोखरीमा डुबेर मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललीता साह तेली रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा रहेको रानाभाटले बताए।