गण्डकीमा मुख्यमन्त्री गुरुङले पनि गरे दाबी सरकार गठनको

काठमाडौं, जेठ २९ : गण्डकीका पदमुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि नयाँ सरकार गठनको दाबी प्रस्तुत गरेका छन् ।

उनले एमाले, जनमोर्चा र जसपाको पत्रसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

यसअघि शुक्रबार विपक्षी गठबन्धनका ३१ सांसदले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै नयाँ सरकार गठनको दाबी प्रदेश प्रमुख सीतादेवी पौडेलसमक्ष गरेका थिए ।

उनीहरूको दाबीमा जसपाका दुई र जनमोर्चाका दुई सांसदको पनि हस्ताक्षर थियो ।

मुख्यमन्त्री गुरुङले दाबी प्रस्तुत गर्नुअघि जनमोर्चाका सांसद कृष्ण थापाले प्रदेश प्रमुखसँग भेटेका थिए।