गण्डकी प्रदेश प्रमुख निवासमा विपक्षी गठबन्धनका सांसदद्वारा धर्ना

काठमाडौं, जेठ २९ : गण्डकीका पदमुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि नयाँ सरकार गठनका लागि दाबी पेश गरेपछि विपक्षी गठन्धनका ३१ सांसदले प्रदेश प्रमुख निवास अगाडि धर्ना थालेका छन् ।

उनीहरू सबै निवासको गेटमा धर्ना बसेका छन् । नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङको दाबी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको उनीहरूको भनाइ छ ।

नयाँ सरका गठनका सन्दर्भमा भइरहेको चलखेल रोक्न धर्ना दिइएको उनीहरूले बताए ।