गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेल र ४ जना बिनाबिभागीय मन्त्रीले लिए सपथ

काठमाडौं, जेठ २९ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति भएका कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।

पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ ग्रहण गराएकी हुन् । यस्तै नवनियुक्त मुख्यमन्त्री पोखरेलले ४ सदस्यीय मन्त्रीपरिषद् पनि बिस्तार गरेका छन् ।

उनी सँगै कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले बिनाबिभागीय मन्त्रीको सपथ लिएका छन् ।