पछिल्लो २४ घण्टामा कोरोनाबाट २४७६ संक्रमित, ५४५५ संक्रमणमुक्त, २७ मृत्यु

काठमाडौं, असार ११ : पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

१४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोना  संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् भने थप २७ जनाले कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म ८९४५ जनाको मृत्यु भइसकेको छ । 

नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।