गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा एक बिरामीको मृत्यु

काठमाडौं, असार १६ : कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ ।

मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । उक्त स्थान निर्माणधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्छ। घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।