ओली र नेपालबीच होटल मेरियटमा भेटवार्ता

काठमाडौं, असार २३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ ।

कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच काठमाडौं नक्सालमा रहेको होटल मेरियटमा भेटवार्ता शुरु भएको हो । वार्तामा कार्यदलका सदस्यहरु सदस्य विष्णुप्रसाद पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङलगायत पनि सहभागी रहेको बुझिएको छ ।

बुधबार एमाले एकता जोगाउन गठित कार्यदलले विवादका विषय टुंगो लगाएको जनाएको थियो। त्यसलाई अन्तिम रुप दिन बुधबार नै ओली र नेपालबीच भेट गराउनेसमेत कार्यदलका सदस्यहरुले बताएका थिए। त्यहीअनुसार ओली र नेपाल स्वयं बसेर विवाद समाधान गर्ने प्रयास सुरु गरेका हुन्।