रोयटर्सका अनुसार अमेरिकाले कोरोनाविरूद्धको १५ लाख डोज खोप नेपाललाई पठाउने

बेलायती समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज कोरोनाविरूद्धको खोप नेपाललाई  पठाउने भएको छ।

अमेरिकाले नेपाललाई १५ लाख र भुटानलाई मोडेर्ना कम्पनीले बनाएको ५ लाख डोज खोप पठाउन लागेको समाचार रोयटर्स प्रकाशन गरेको छ।

यसअघि अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत् खोप दिने मुलुकहरूको सूचीमा राखेको थियो। अहिले पठाउन लागिएको खोप कोभ्याक्समार्फत् आउन लागेको हो कि  सोझै आउने हो भन्ने खुलिसकेको छैन। काठमाडौंस्थित अमेरिकी राजदूतावास स्रोतले खोप’bout अहिले विस्तृत विवरण आइनसकेको बताएको छ। एक महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मुलुकले संसारभरिका विभिन्न देशलाई ८ करोड डोज खोप दिने घोषणा गरेका थिए।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि कोभ्याक्समार्फत् अमेरिकी खोप आउने’bout कुराकानी भइरहेको भए पनि कुन समयमा कति डोज आउँछ भन्ने’bout टुंगो नभएको बताएका छन्। जोन्सन एन्ड जोन्सनले बनाएको खोप एक डोज लगाए पुग्छ।