वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया गलत

काठमाडौं, असार २७ : जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले नेपाल वायु सेवा निगमको निजीकरण प्रक्रिया गलत भएको बताउँदै सरकार त्यसबाट तुरुन्त हट्नुपर्ने स्पष्ट पारेका छन्।

उनले आज (आइतबार) पाँचबुँदे सार्वजनिक अपिल जारी गरेर निजीकरणको गलत प्रक्रियामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग अघि सारेका छन्।

सरकारी क्षेत्रको यति ठूलो संस्थानलाई गरिने निजीकरणले दूरथगामी प्रभाव पार्ने हुँदा यो अधिार कामचलाउ सरकारसँग नरहेको उनले प्रस्ट पारेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी कामचलाउ सरकारले रचेको प्रपञ्च निद्यदनीय र घृणित रहेको उल्लेख गरेका छन्। यसको भित्री अभिष्ट भनेको नजिकका दलाल पुँजीपतिहरुलाई नै संस्थान पोस्नु रहेको उनको भनाइ छ।

‘क्रोनी क्यापिटालिज्मको यो भन्दा नग्नरुप अरु के हुन सक्छ ? आफू सरकारमा रहने अनि आफैंले  ‘उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के, बैठकेहरुलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त गर्ने, तिनीहरूबाट हुने नहुने अनेकौं क्रियाकलापहरू गराउने र संस्थानलाइृ धराशायी तुल्याएपछि संस्थान चलेन भनेर संस्थानको बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमानिजीकरणका नाममा आफ्ना निकटीथ दलालहरूलाई बिक्री गर्ने जुन षड्यन्त्र भइरहेछ, त्यो कुनै हालतमा नेपाली जनतालाइृ सह्य छैन,’ भट्टराईले भनेका छन्। 

डा. भट्टराईको सार्वजनिक अपिल यस्तो छ :