विर्तामोडमा महिलाको शव फेला

झापा, २८ असार : विर्तामोड नगरपालिका–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव आज बिहान फेला परेको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प उत्तरमा आफै भाडा गरी बस्ने घरको अगाडि उनको शव फेला परेको हो ।

अर्जुनधारा घर भएकी उनी पछिल्लो समय विर्तामोडस्थित आफन्तको घरमा भाडामा बस्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो । आमा, दाजु भाउजुसहितको परिवारसँग बस्दै आएकी उनी विर्तामोडमै रहेको सिर्जनशील सहकारी संस्थामा काम गर्दै आएकी थिइन् । घटना’bout थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।(रासस)