राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्त, सपथको तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्।देउवालाई प्रधानमन्त्री नियुक्तको छ जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको र सपथको तयारी हुँदै गरेको राष्ट्रपति कार्लायले जनाएको छ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन्। उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए। त्यसपछि उनी २०५८ साल, २०६१ साल र २०७४ सालमा प्रधानमन्त्री भएका थिए।