नियुक्ति सच्चिएपछि देउवाले लिए मुलुकको ४३ औँ प्रधानमन्त्रीको सपथ

काठमाडौं, असार २९ : नियुक्ति सच्चिएपछि देउवाले मुलुकको ४३ औँ प्रधानमन्त्रीको सपथ राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिएका छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार नै देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। गत सोमबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको बेहोरा उल्लेख छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

यससँगै निवर्तमान प्रधानमन्त्री केपी ओली तीन वर्ष चार महिना २५ दिन सत्तामा बसेर बहिर्गमित भएका छन्।