एमाले उपाध्यक्ष भीम रावलले सांसदबाट राजीनामा दिने

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।