केही स्थानमा भीषण वर्षा सहित आज देशभर वर्षाको सम्भावना

काठमाडौं, साउन ४ : आज पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  प्रदेश १, बाग्मती‚ गण्डकी‚ लुम्बिनी र  सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षा हुने महाशाखाको आकलन छ।

आज बिहान देशभरको मौसम बदली रहेको छ। प्रदेश १, बाग्मती‚ गण्डकी र  सुदूरपश्चिम प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थान वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १, गण्डकी, लुम्बिनी  र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान भीषण वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।