ब्राउनसुगरसहित वडा अध्यक्ष पक्राउ

पर्सा, साउन ४ : पर्सा पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष अमेरिका सहनी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । 

आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहनीसहित तीन जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

पर्सा प्रहरीका अनुसार पक्राउ पर्ने अन्य दुई जना ४० वर्षीय बलिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनी रहेका छन्।

ना१ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलमा वडाध्यक्ष अमेरिका र रामआदेश सवार भएको र ना६२प १९४२ नम्बरको मोटरसाइकलमा वडा सदस्य बलिष्टर सवार भएको प्रहरीले जनाएको छ । 

प्रहरीले सोही मोटरसाइकलको फिल्टर बक्सबाट ब्राउनसुगर फेला पारेको थियो । 

उनीहरू तिनै जनालाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।