प्रधानमन्त्री देउवा र मोदीबीच फोन वार्ता, कोभिसिल्ड खोप छिट्टै दिने आश्वासन

काठमाडौं, साउन ४ : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार फोन वार्ता भएको छ ।त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतमा निर्मित कोभिसिल्ड खोप नेपाललाई छिट्टै उपलब्ध गराइने बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले आइतबार अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नासाथ टेलिफोनमार्फत बधाइ दिएका थिए ।प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार सोमबार दुई नेताबीच लामो कुराकानी भएको छ । 

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीविरुद्ध लड्न भारतको सहयोग जरुरी भएको बताएका थिए । र, भारतीय प्रधानमन्त्री मोदीले महामारीविरुद्ध लड्न भारत सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताएका थिए ।

‘मैले आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेँ, त्यसक्रममा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने’boutमा कुराकानी भयो,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री मोदीले कोभिड खोप जतिसक्दो चाँडो उपलब्ध गराइने विश्वास दिलाउनुभएको छ । मैले आफूलाई बधाइ दिएकामा धन्यवाद व्यक्त गरेको छु ।’