इजरायलकालागि एक हजार नेपाली कामदार माग, तलब १,६०० डलर सूचनासहित

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाउन वैदेशिक रोजगार विभागले नेपाली सहायक कामदारकालागी आवेदन आह्वान गरेको छ ।
विभागले नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार आवेदन आह्वान गरेको हो ।
मंगलबार सूचना प्रकाशित गर्दै एक हजारजनाको लागि आवेदन आह्वान गरिएको छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र विभागको वेब पोर्टल ferms.dofe.gov.np मा गई अनलाइन आवेदन दर्ता गर्न भनिएको छ । मासिक तलब पाँच हजार ३०० एनआईएस (इजरायली मुद्रा) अर्थात् करिब एक हजार ६०० अमेरिकी डलर रहेको छ । विभिन्न योग्यता तोकिएको छ ।
सूचना
