कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
काठमाडौं, साउन २१ : पछिल्लो २४ घन्टामा ३ हजार ७ सय २९ जना कोरोना संक्रमित थपिएका छन्।
१५ हजार ६ सय ७५ नमुनामध्ये ९ हजार ४ सय ९३ पिसिआर परीक्षणबाट १ हजार २ सय ९९ जना र ६ हजार १ सय ८२ एन्टिजेन परीक्षणबाट २ हजार ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो समय थपिएको सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५ सय ९ पुगेको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ८ सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५ सय ४८ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण २५ जनाको मृत्यु भएकोृ छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ४ सय २७ जना होम आइसोलेसनमा छन् भने ३ हजार ५ सय १५ जना संस्थागत आइसोलेसनमा छन्।
कोरोनाका सक्रिय संक्रमितमध्ये ७ सय ३२ जनाको आइसीयुर १ सय ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।