पहिलो प्राथमिकता सबैलाई खोप, सरकारले ल्याएको श्वेतपत्र (पूर्ण पाठसहित)
काठमाडौं, साउन २६ : अर्थमन्त्री जनार्दन शर्माले कोरानाविरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशको आर्थिक अवस्थाका ’boutमा जानकारी दिँदै मन्त्री शर्माले वर्तमान सरकारको प्रमुख प्राथमिकता खोप मात्रै भएको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिएको उल्लेख गर्दै अर्थमन्त्रीले आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ निकासा गरेको बताए ।
संविधानप्रदत्त समाजवाद निर्माण गर्दै वर्तमान सरकारलाई जनताप्रति उत्तरदायी बनाउने सरकारको प्रमुख कार्यभार रहेको स्पष्ट पार्दै अर्थमन्त्री शर्माले लोकतान्त्रिक तथा सामाजिक न्यायको मार्गमा आफूहरू निरन्तर लागिपर्ने बताए ।
पूँजी निर्माणलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले मूल्यवृद्धि नियन्त्रण, पूँजीगत खर्च बढाउने तथा आर्थिक वृद्धिको योजनालाई साकार बनाउने दृढता व्यक्त गरे । स्रोत सुनिश्चित नभई विभिन्न आयोजनाको शिलान्यास हुँदा र स्रोतको परिचालनमा विचलन हुने गरी योजना अगाडि सारिँदा अर्थतन्त्रमा समस्या परेको अर्थमन्त्रीको भनाइ थियो ।
रेमिट्यान्सलाई मुलुकको अर्थतन्त्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले उपभोग्य क्षेत्रमा खर्च हुँदा त्यसले नकारात्मक प्रभाव पारेको बताए । सार्वजनिक संस्थामा गरेको लगानीको प्रतिफल न्यून रहेको जानकारी दिँदै अर्थमन्त्रीले ती संस्थाको व्यवस्थापकीय सुधार गर्नुपर्नेमा जोड दिए ।
देशभर १८.७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्यांक पेश गर्दै अर्थमन्त्री शर्माले कोरोनाका कारण त्यसको मात्रामा वृद्धि भएकाले नीतिगत सुधार गरी गरिबी न्यूनीकरण गर्नु सरकारको प्राथमिकतामा रहेको बताए ।
आयोजना कार्यान्वयनमा रहेको कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजना प्रभावकारी कार्यान्वयन हुन नसकेको स्पष्ट पार्दै उनले मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोशीलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरे ।
यस्तो छ अर्थमन्त्रीले प्रतिनिधिसभामा प्रस्तुत गरेको अर्थतन्त्रको यथार्थ विवरण