३४८७ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं, साउन २७ : पछिल्लो २४ घण्टामा थप ३४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २६१६ र ५७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३४८७ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।