अन्तिम समयमा नेपालको साथ छोडेकी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं, भदौं २ : बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । संविधानको धारा १६८ (१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

उनले आज राती (बुधबार) नै पद तथा गोपनीयताको शपथ लिएकी हुन् । यो सँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् ।  

प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्री समेत रहेका डोरमणि पौडेलले राजीनामा दिएसँगै नेता अष्टलक्ष्मी शाक्य आजै नयाँ संसदीय दलको नेता चुनिएकी थिईन् ।

एमाले उपाध्यक्ष समेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा रहेपनि अन्तिम समयमा नेपाल पक्षलाई साथ नदिएकी हुन् ।