कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा जटिल समस्या, मुम्बईमा उपचार हुँदै

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा केहीदिनदेखि समस्या देखिएपछि उपचारका लागि भारतको मुम्बई पुगेका छन् ।

मुम्बईस्थित हिन्दुजा अस्पतालमा डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उनको उपचार गरिरहेको छ। स्रोतकाअनुसार गिरिको घाँटीमा समस्या देखिएको छ।

उपचाररत गिरिलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई जाँदैछन्। जनकपुरमा रहेका निधि आज मुम्बई जान लागेका हुन्।