वागमती प्रदेश प्रमुख विष्णु प्रसाईं पदमुक्त, माधव नेपाल निकट यादवचन्द्र शर्मा नियुक्त

काठमाडौं, भदौ ३ : सरकारले वागमतीका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

उनको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

पदमुक्त प्रसाईं एमालेका नेता हुन् । नवनियुक्त प्रदेश प्रमुख शर्मा भने माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा प्रमुख स्वकीय सचिव थिए ।

नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी गठन भएपछि पहिलोपटक उक्त दलको कोटामा नियुक्ति भएको हो । दल दर्ताले आधिकारिकता पाएसँगै एमाले समाजवादी सरकारमा सहभागी हुँदैछ ।