वार्ता टोली बनाउन बेलायत सहमत भएपछी भूपू गोर्खाहरुको आमरण अनसन तोडियो

बेलायती रक्षामन्त्री डोचर्डी र नेपाली राजदूत रेग्मी जुस पिलाएर अनशल तोडाउँदै । तस्वीरः लण्डन नेपाल न्युज

भूतपूर्व गोर्खा सैनिकहरुको माग’bout बेलायत सरकार वार्ताका लागि दुई देशको टोली बनाउन सहमत भएपछि भूपू गोर्खाहरुको आमरण अनसन तोडिएको छ। १३ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि जारी भूपू गोर्खाहरुको आमरण अनसन अहिलेलाई स्थगित भएको छ ।

ज्ञानराज राई, पुष्पा घले र धन गुरुङको अनसन बेलायती रक्षामन्त्री लियो डोचर्डी र बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले जुस पिलाएर तोडाएका छन् ।त्यसअघि पढेर सुनाइएको बेलायती रक्षामन्त्रीको प्रतिवद्धता पत्रमा भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्वीपक्षीय वार्ता टोली बनाउने, जसमा भूपू गोर्खाहरुको पनि प्रतिनिधि रहने उल्लेख छ ।