एमालेको केन्द्रीय महाधिवेशन मंसिरमा

काठमाडौं, भदौं ८ : नेकपा (एमाले) ले आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै, विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडौंमा हुनेछ । 

विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्ताव तयार गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ केन्द्रीय समितिको बैठक बोलाइएको छ । यस्तै भदौं १० गतेका लागि एमालेले भदौं १० गते पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय समेत गरेको छ ।

पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय समिति, प्रदेश, जिल्लासहित सबै तहका पदाधिकारी र सदस्यलाई २०७५ जेठ २ गतेपूर्व क्रियाशील हुन निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।