नेपालसहितका नेता निर्वाचन आयोगमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न जाँदै । तस्बिर : रत्न श्रेष्ठ(रासस)

काठमाडौँ, ९ भदौ : माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएको छ । नेता नेपालसहितका उहाँका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुग्नुभएको हो । यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन गर्नुभएको थियो । आयोगले आवेदन गरेका सबैलाई सनाखतका लागि आज बोलाएको थियो ।

प्रस्तावित दलका नेता जगन्नाथ खतिवडाले दल दर्ताका निम्ति गणपूरक सङ्ख्या पुग्ने सदस्यहरूका साथ आफूहरू आयोगमा उपस्थिति भएको राससलाई बताउनुभयो । उहाँहरूका साथमा प्रदीपकुमार नेपाल पनि हुनुहुन्छ ।


ध्यक्ष ठाकुर निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न जाँदै । तस्बिर : रत्न श्रेष्ठ(रासस)

वरिष्ठ नेता महतो निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न जाँदै । तस्बिर : रत्न श्रेष्ठ(रासस)

यसैगरी महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका आवेदनकर्ताहरू पनि सनाखतका लागि आयोगमा उपस्थिति हुनुभएको छ । ठाकुर नेतृत्वको पार्टीले ३० सदस्यीय कार्यसमिति प्रस्ताव गरेको नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।(रासस)