भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

विराटनगर, भदौ १० : एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

मुख्यमन्त्री रहँदै आएका शेरधन राईले राजीनामा दिएपछि आज (बिहीबार) साे पदमा आचार्य नियुक्त भएका हुन्। 

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि उनी एमाले प्रदेश १ संसदीय दलको नेता चयन भएका थिए।

विराटनगरस्थित होटल एसिया टेकमा आज बिहान बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो।