नवनियुक्त मुख्यमन्त्री आचार्यका भाइ घरमै मृत भेटिए

विराटनगर, भदौ १० : एमाले सचिव भीम आचार्यका भाइ रामप्रसाद आचार्य घरमै मृत भेटिएका छन्।

५९ वर्षीय रामप्रसाद आचार्य आज (बिहीबार) बिहान इनवरुवा नगरपालिका-३ स्थित घरमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतले जनाएको छ।

उनी मृत भेटिएको कोठामा भित्रबाट चुकुल लगाइएको अवस्था पाइएको प्रहरी स्रोतको भनाइ छ।

रामप्रसाद मृत भेटिएको सूचना पाएलगत्तै प्रहरी टोली उनको घर पुगेको जनाइएको छ।