नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने

काठमाडौं, भदौ १० : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ दल दर्तासँगै सरकारमा सहभागी हुन सहज भएको बताएका छन् । आफूहरू पनि यसअघि सत्ता गठबन्धनमा सहभागी रहेको तर पाँचदलीय गठबन्धन भन्नसमेत अप्ठ्यारो परेको उनले बताए ।

पार्टी निर्वाचन आयोगमा दर्तापछि पहिलो पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले अब पाँचदलीय गठबन्धन भन्न सहज भएको बताए ।

आफूहरू सत्ता गठबन्धनकै एक घटक भएकाले सरकारमा नजाने कुरा नहुने उनले प्रष्ट्याए । र, पाँच दलीय गठबन्धनमा अब अझ अगाडि बढ्ने उनले उल्लेख गरे ।