भारतसँग नेपाल २–१ ले पराजित

काठमाडौं, भदौं २० : मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ ले पारजित भएको हो।

खेलमा भारतका फाहरुख चौधरी र कप्तान सुनिल क्षेत्री गोल गरेका थिए भने नेपालका तेज तामाङले गोल गरेका थिए।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६२औं मिनेटमा भारतले अग्रता लियो। उसका फाहरुखले गोल गरेका थिए । ८०औं मिनेटमा कप्तान सुनिलले काउन्टर अट्याकमा गोल गर्दै भारतलाई २–०को अग्रता दिलाए। 

८७औं मिनेटमा नेपालले खेलमा फर्कने प्रयास गरेको गर्‍यो । नेपालका तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै नेपाललाई २–१को अवस्थामा ल्याएका थिए । त्यसपछि खेलमा कुनै गोल नहुँदा भारत २–१ ले विजयी भयो।

यसअघि खेल मार्फत् नेपालका कप्तान किरण चेम्जोङले नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाए । सन् २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले ७४ खेल खेलेका छन्। यस्तै, यही खेलमाफर्त अर्का गोलकिपर विशाल श्रेष्ठले पनि राष्ट्रिय टिममा डेब्यू गरे । उनले खेलको अन्त्यतिर किरणले रिप्लेस गरेका थिए।

गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । आसन्न साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल भएको हो।