अभिनेत्री ऋचा शर्माले छोरो पाइन्

काठमाडौं, २३ भदौ : अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले मंगलबार राति पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएको निर्देशक एवं कमेडी च्याम्पियन रियालिटी शोका निर्णायक मण्डलका सदस्य प्रदीप भट्टराईले जानकारी दिए ।
कमेडी च्याम्पियनको निर्णायक मण्डलको भूमिकाबाट गत शुक्रबार बिदा भएको हेरेपछि दर्शकले अनुमान लगाइसकेका थिए कि अभिनेत्री ऋण चाँडै आमा बन्दैछिन् ।
उनले छोरालाई जन्म दिएको बुधबार बिहान कमेडी च्याम्पियनको आधिकारी फेसबुक पेजबाट जानकारी गराइएको छ। उनको डेढ वर्ष अगाडि दिपेक्षविक्रम राणासँग विवाह भएको थियो । (न्युज कारखाना)