नायिका प्रियंकालाई पुत्री लाभ

काठमाडौं । नायिका प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । ४ असोज, दिउँसो १२ बजेर ४७ मिनट जाँदा पुत्रीको जन्म भएको प्रियंकाका पिता भुपेन्द्र कार्कीले बताए । पुत्रीको नाम आयन्का कार्की जोशी राखिएको छ ।
पुत्रीसँगको फोटो सार्वजनिक गर्दै प्रियँका कार्की दम्पतीले फेसबुकमा लेखेका छन्, ‘आवर लिटल एन्जल, संसारमा तिमीलाई स्वागत छ, हाम्रो जिवनमा तिमीलाई स्वागत छ ।’