एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल, रामकुमारी झाँक्री सचिवमा चयन

काठमाडौं, असोज ७ : माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी महासचिवमा बेदुराम भुसाल चयन भएका छन्।
यस्तै, पार्टीले चार जना उपाध्यक्ष बनाएको छ। उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई छन्।
उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्।
त्यस्तै समाजवादीले सचिव पनि चार जना बनाएको छ। सचिवमा जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री रहेका छन्।