कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

काठमाडौं, असोज १० : कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ।

आज (आइतबार) गरिएको एन्टिजेन र पिसिआर परीक्षणबाट आफूमा कोरोना पोजेटिभ पुष्टि भएको उनले बताएका हुन्।

उनले धेरै सतर्कताका बाबजुद पनि आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका हुन्।

असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकी लगायतका स्वास्थ्य समस्या देखिएको जानकारी दिँदै उनले सो अवधिमा आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहनआग्रह गरेका छन्।