न्यूयोर्कमा नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं, असोज ११ : नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको हो।

खड्का र जयशंकरबीच भएको साइड लाइन वार्ताका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले डा. खड्कासँग भेटवार्ता गरेको जनाएका छन्। उनले दुवै जनाको भेटवार्ताको तस्बिर ट्वीट गरेका छन्। दुई देशको सम्बन्धलाई अगाडि लैजाने काम गर्ने सहमति भएको जयशंकरले उल्लेख गरेका छन्।