काठमाडौं महानगरको सभापतिमा शाक्य प्यानलसहित विजयी

काठमाडौं, असोज १७ : नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। आइतबार भएको मतदानमा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानल नै विजयी भएको छ ।

नगर सभापतिमा निर्वाचित शाक्यले ७९६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए।

कांग्रेसको काठमाडौं महानगर समितिको सभापति चयनका लागि जम्मा १ हजार १३९ मत खसेको थियो।