एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । बिहीबार बसेको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा जोशीले एमाले परित्याग गरेको घोषणा गर्दै उक्त पार्टी प्रवेश गरेका हुन् ।

एमालेमा केन्द्रीय कमिटी सदस्य रहेका जोशी सुदूरपश्चिमका प्रभावशाली नेता मानिन्छन् । भीम रावलसँग निकट रहेर काम गरेका जोशी अहिले एमाले छोडेर एकीकृत समाजवादी प्रवेश गरेका हुन् । एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए ।(सरल पत्रिका)