बल्ल तीन महिनापछि पायो मन्त्रिपरिषदले पूर्णता(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले करिव तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्ता गठबन्धनका दलहरूले मन्त्री टुंगाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

देउवाले मन्त्रीहरूको नामसहित नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिश गरेका थिए । मन्त्रीहरूको नियुक्तिपछि शपथको तयारी भइरहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थिए ।