एकाबिहानै भूकम्प, गोरखाको मान्बू केन्द्र
काठमाडौं, असोज ३१ : गोरखाको मान्बू केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान चार बजेर नौ मिनटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । गोरखा र धादिङमा भूकम्पको धक्का महसुस भएको थियो ।