विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान रद्ध गर्दै एयरलाइन्सहरु

काठमाडौं, कात्तिक ३ : लगातारको वर्षाले केसलिया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ। बाढी पसेपछि विराटनगर विमानस्थल बन्द गरिएको छ।

विमानस्थलका प्रमुख उत्सव खरेलका अनुसार केसलिया खोलाको बाढीले रनवे र पार्किङ एरिया भरिएको छ। जसले गर्दा उडान प्रभावित भएको उनले बताए।

विराटनगर विमानस्थल बन्द भएपछि एयरलाइन्सहरुले उडान बन्द गर्न थालेका छन्। बुद्ध एयरले एक सूचना जारी गरि काठमाडौं विराटनगरका आजका सबै उडान रद्द गरिएको जनाएको छ।