सन् २०२२ सम्मै कोभिड महामारी लम्बिन सक्ने डब्ल्यूएचओको चेतावनी
विश्व स्वास्थ्य संगठनले विपन्न मुलुकहरूले आफूलाई चाहिने कोभिड खोपहरू नपाइरहेकाले कोभिड महामारी सोचेभन्दा एक वर्ष बढी समय रहन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले त्यसको अर्थ कोभिड सङ्कट सन् २०२२ को अन्त्यसम्मै मजाले लम्बिने देखिएको बताएका हुन् ।
अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोभिड खोप पाएको छ जबकि अरू अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन् । खोपको आवश्यकता रहेका देशहरूलाई वेलायतले एक करोड मात्राभन्दा बढी खोप उपलब्ध गराएको छ। वेलायत सरकारले कोभिड खोपको कुल १० करोड मात्रा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपका लागि दिएको अर्डर छोड्न आग्रह गरेका छन् । सम्पन्न देशहरूले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी ७ लगायतका बैठकमा कोभिड खोप सहयोग’bout आफूहरूले जनाएको प्रतिबद्धता’bout समीक्षा गर्न आवश्यक रहेको उनले औँल्याए ।
उनले भने, ‘हामीले साँच्चिकै गति बढाउन जरुरी छ नभए तपाईँहरूलाई थाहा छ कि यो महामारी जानुपर्ने समयभन्दा एक वर्ष ढिलो गरी जानेछ।’ परोपकारी संस्थाहरूको एउटा गठबन्धन द पिपुल्स च्यारिटिजले कोभिड खोपसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ ।
उसको तथ्याङ्क अनुसार उत्पादक कम्पनी र सम्पन्न राष्ट्रहरूले प्रतिबद्धता जनाएका कोभिड खोपका सातमध्ये एउटा मात्रा मात्रै अति गरीब देशहरूमा पुग्न सकेको छ । अधिकांश कोभिड खोप उच्च अथवा मध्यम आय भएका देशहरूले पाएका छन् । विश्वभरि दिइएका खोपमध्ये अफ्रिकाले २.६ प्रतिशत मात्रै पाएको छ।(सरल पत्रिका)