गठबन्धनको सरकार छ,‘अर्ली इलेक्सन’’bout त्यहीँ छलफल हुन्छः प्रधानमन्त्री

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अर्ली इलेक्सन’ ’bout गठबन्धनमा छलफल हुने बताएका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि सुदूरपश्चिम आएका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अहिले गठबन्धनको सरकार रहेकाले गठबन्धनमा छलफलपछि मात्रै यस’bout निर्णयमा पुग्न सकिने बताएका हुन् ।

उनले भने, ‘गठबन्धन सरकार छ । त्यहीँ छलफल हुन्छ ।’ उनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताए ।

उनले एमसीसी’bout झुठो प्रचार भइरहेको भन्दै संशोधन गर्नुपर्ने विषयसमेत नरहेको बताए । उनले भने, ‘एमसीसी पास हुन्छ । यो ठूलो अनुदान हो, ऋण होइन। यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो।’ प्रधानमन्त्रीले बाढीपहिरो र डुबानपीडितलाई तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने बताए ।(सरल पत्रिका)