अदिप्त प्रकाशको ‘संवेदनाको विज्ञप्ति’
काठमाडौं । कवि अदिप्त प्रकाशले कविता कृति ‘संवेदनाको विज्ञप्ति’ प्रकाशन गरेका छन् ।
वरिष्ठ कवि, प्राध्यापक डा. रामप्रसाद ज्ञवालीले काठमाडौको थलीमा आयोजित कार्यक्रममा कविता संग्रह ‘संवेदनाको विज्ञप्ति’को विमोचन गरे ।
तरेली साहित्य प्रतिष्ठानले आयोजना गरेको कृति लोकार्पण कार्यक्रमको सभापतित्व कविका पिता शिव बहादुर थापाले गरेका थिए । अधिवक्ता रविकुमार सिलवालको स्वागत मन्तब्यसँगै प्रारम्भ भएको कार्यक्रममा थुप्रै वक्ताले कविको रचना वाचन गरेका थिए । लोकार्पित कृति’bout कवि प्रकाश लम्घालीले समीक्षा र टिप्पणी गरे ।
कागेश्वारी मनोहरा जोरपाटी क्षेत्रका साहित्यिक सर्जक, साहित्यानुरागी र जनप्रतिनिधिको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न शैशिक प्रतिष्ठानका प्राज्ञिक व्यक्तिहरुले शुभकामना दिएका थिए ।
जनताका प्राज्ञ भनेर परिचित वेदमणि घिमिरेको ओजपूर्ण मन्तव्य कार्यक्रमको अर्को आकर्षण थियो । युवा साहित्यकार सरोज धितालको आकर्षक र कलात्मक संचालनले सहभागी साहित्यप्रेमीको मन जितेको थियो ।
‘काठमाडौँको कर्णाली’ भनेर परिचित काँठ क्षेत्रमा साहित्यप्रेमी र सर्जकको बाक्लो उपस्थिति देखे प्राध्यापक ज्ञवालीले भने्, ‘काँठ होइन साहित्यको केन्द्र बन्दैछ ।’कवि अदिप्त प्रकाशले आफ्नो साहित्यिक यात्रा र कृति रचना अनुभूति पस्कदै सहभागीप्रति कृतज्ञता व्यक्त गरे ।
साभार: drishyatv.com