मुगुको गमगढी बजारमा भीषण आगलागी, १७ घर जलेर नष्ट

गमगढी । मुगुको गमगढी बजारमा सोमबार राति भीषण आगलागी भएको छ । आगलागीबाट १७ वटा घर जलेर नष्ट भएका छन् । प्रहरी नायब उपरीक्षक चित्र भट्टराईकाअनुसार आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर नष्ट भएको छ ।
राति १२ बजे ठिल्ले तामाङको घरबाट आगो सल्किएको थियो । आगो नियन्त्रण गर्न स्थानीय, जनपथ, सशस्त्र प्रहरी, नेपाली सेना खटिएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिएका छन् । गमगढी बजारमा पानीको अभाव भएकाले आगो निभाउन समस्या भएको उनले बताए । क्षतिको विवरण भने आउन बाँकी छ ।
साभारः drishyatv.com
फोटोः मुकेश शाहीको फेसबुकबाट
.jpg)
.jpg)
.jpg)